अभिनेता सारुक ताम्राकार झुण्डिएको अवस्थामा मृत फेला

अभिनेता सारुक ताम्राकार झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौँः अभिनेता सारुक ताम्राकार झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। 

काठमाडौँको रातो पुलमा रहेको निजी निवासमा उनको शव भेटिएको हो। 

बिहीबार राति ११ बजे उनको शव फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन्। अहिले उनको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। 

सारुकले 'इन्टु मिन्टु लण्डनमा', 'मेरी मामु', 'रानी' , 'नमरी बाँचे' लगायत फिल्ममा अभिनय गरेका छन्। उनको 'ह्यासट्याग मायामा' भन्ने फिल्म छायांकन भइरहेको छ। 

असार २२, २०८० शुक्रबार ०७:५२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।