महानगरको स्वीकृति नलिई सरकारी जग्गा भाडामा दिए नक्सा पास नगर्ने बालेनको चेतावनी

महानगरको स्वीकृति नलिई सरकारी जग्गा भाडामा दिए नक्सा पास नगर्ने बालेनको चेतावनी

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरपालिकासँग अनुमति नलिई कुनै सरकारी जग्गा भाडामा दिए नक्सा पास नगर्ने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो चेतावनी दिएका हुन्।

उनले नेपाल सरकारको हक, स्वामित्व, नियन्त्रण वा अधीनमा रहेको सरकारी जग्गाको संरक्षण सम्बन्धी काम कारबाहीलाई  महानगरले उच्च प्राथमिकता दिएको लेख्दै महानगरबाट सिफारिस नलिई प्रचलित कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी लिजमा प्राप्त गरेको वा गरिने कुनै पनि सरकारी जग्गामा नक्सा पास नगरिने तथा भौतिक संरचना बनाउन स्वीकृति नदिइने उल्लेख गरेका छन्।

महानगरसँग समन्वय नगरी सरकारी जग्गा अनुचित स्वार्थसिद्धीको लागि भाडामा दिने लिने सम्बन्धी कार्यमा ध्यानाकर्षण भएको लेख्दै उनले सार्वजनिक वा सरकारी प्रयोजनको लागि आवश्यक पर्ने सरकारी जग्गा कुनै व्यक्ति, निकाय वा संस्थालाई लिजमा उपलब्ध गराउन नसकिने उल्लेख गरेका छन्।

असार २१, २०८० बिहीबार २०:३३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।