बालबालिका दुरुपयोगमा पक्राउ परे एलओडीका सञ्चालक राजु सिंह

बालबालिका दुरुपयोगमा पक्राउ परे एलओडीका सञ्चालक राजु सिंह

काठमाडौँ : बालबालिका दुरुपयोगको आरोपमा पक्राउ पुर्जी जारी भएसँगै फरार रहेका काठमाडौँ ठमेलमा रहेको नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन्।

सुवाल बिहीबार बेलुका पक्राउ परेका हुन्। एलओडीमा १६ वर्षकी किशोरीलाई प्रवेश गराएको खुलेपछि जिल्ला अदालत ललितपुरले उनको नाममा पक्राउ आदेश जारी गरेको थियो। अर्का सञ्चालक रुदिलवल्लव श्रेष्ठ भने फेला परेका छैनन्।

एलओडीमा भेटिएकी १६ वर्षकी किशोरीलाई ललितपुरमा रहेको कार्यालयमा लगेर बलात्कार गरेको आरोपमा ललितपुर प्रहरीले सुदनबहादुर कोइराला पक्राउ परिसकेका छन्।

यो पनि

असार २१, २०८० बिहीबार २०:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।