खाजा पसलको आवरणमा लागु औषध कारोबार १२ सय नाइट्रोभेट ट्याब्लेट फेला पर्‍यो

खाजा पसलको आवरणमा लागु औषध कारोबार १२ सय नाइट्रोभेट ट्याब्लेट फेला पर्‍यो

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँले तारकेश्वरबाट एक हजार २ सय ६ ट्याब्लेट नाइट्रोभेटसहित एक जनालाई पक्राउ गरेको छ। मोरङ बेलबारीका लोक बहादुर तिमिल्सिना तारकेश्वरमा खाजा घर चलाउँदै आएका थिए।

खाजा घरको आवरणमा उनले लागु औषध कारोबार गर्ने सूचनाको आधारमा प्रहरीले छापा मार्दा नाइट्रोभेट बरामद भएको हो।

परिसरका अनुसार असार २औ गते बेलुका पाँच बजेको समयमा तारकेश्वर नगरपालिका वडा नम्बर ११ हिलेटोलमा छापा मारेको थियो।

टहरामा चिया खाजा बेच्ने टहरामा एक हजार २ सय ६ वटा ट्याब्लेट फेला परेको हो। पसलबाट ७० हजार नगद समेत फेला परेको छ। प्रहरीले लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट १० दिन म्याद थप गरेर प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भई रहेको  जानकारी दिएको छ।

असार २१, २०८० बिहीबार १८:५२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।