कांग्रेस नेता उद्धव थापा बने कोशी प्रदेशका मुख्यमन्त्री

कांग्रेस नेता उद्धव थापा बने कोशी प्रदेशका मुख्यमन्त्री

काठमाडौं : नेपाली कांग्रेसका नेता उद्धव थापा कोशी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन्।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। 

४७ सदस्यको समर्थनमा दाबी पेस गरेका उनलाई खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन्।

थापाका लागि नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका चार, जनता समाजवादी पार्टीका एक तथा सभामुख बाबुराम गौतमको पनि समर्थन रहेको थियो।

असार २१, २०८० बिहीबार १७:४१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।