भवन निर्माण सम्पन्न भएको सिफारिस दिन ५० हजार घुस, वडाध्यक्षविरुद्ध मुद्दा दायर

भवन निर्माण सम्पन्न भएको सिफारिस दिन ५० हजार घुस, वडाध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष सबदुल मियाँविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भवन निर्माण सम्पन्न भएको सिफारिस दिन सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगले पक्राउ गरेका उनीविरुद्ध बिहीबार मुद्दा दायर अगरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए।

अख्तियारको अनुसन्धानमा मियाँले निर्माणाधीन भवनको अन्तिम किस्ता रकम भुक्तानीको लागि सिफारिस गरिदिन सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको पुष्टि भएको थियो।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी गरिएको छ।

असार २१, २०८० बिहीबार १७:२८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।