नवौं स्थानको लागि युएईले अमेरिकालाई दियो ३०९ रनको लक्ष्य, आसिफले बनाए १५१ रन
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोटको नवौं स्थानको लागि भएको खेलमा युएईले अमेरिकालाई ३०९ रनको विशाल लक्ष्य दिएको छ।
जिम्बावेको हरारेस्थित टाकासिङ्गा स्पोर्ट्स एकेडेमीमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३०८ रन बनायो।
उसका लागि आशिफ खानले १४५ बलमा १२ चौका र ६ छक्काको मद्दतमा अविजित रहँदै १५१ रनको शतकीय पारी खेले।
यस्तै आर्यन्स शर्माले ५७ रनको अर्धशतकीय पारी खेल्दा बसील हमीदले ४४, रोहन मुस्तफाले १७, भित्य अरविन्दले १५ र अली नसीर १ रनमा अविजित रहे।
अमेरिकाका अली खानले दुई तथा सौरभ नेत्रभालकर र नोस्थुस केन्जीले समान एक–एक विकेट लिए।
यसअघि सातौं स्थानको लागि भएको प्लेअफ खेलमा अमेरिका आयरल्यान्डसँग र युएई नेपालसँग पराजित भएका थिए।
खेलको विजेता प्रतियोगिताको नवौं टिम हुनेछ भने पराजितले दशौं भएर प्रतियोगिताको अन्त्य गर्नेछ।
असार २१, २०८० बिहीबार १७:०५:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।