विश्वकप छनोटमा नेदरल्यान्ड्सलाई स्कटल्यान्डको २७८ रनको लक्ष्य
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोटको सुपर सिक्समा स्कटल्यान्डले नेदरन्यान्ड्सलाई २७८ रनको लक्ष्य दिएको छ।
जिम्बावेको बुलाभायोस्थित क्विन्स स्पोर्ट्स एकेडेमीमा टस हारेर पहिला ब्याटिङमा तानिएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७७ रन बनायो।
उसका लागि ब्रान्डोन मकमुलनले १०६ रनको शतकीय पारी खेल्दा रिची बेरिङ्गटनले ६४ रन बनाएर अर्धशतकीय पारी खेले।
टोलीका लागि टोमानस माकिन्तोसले अविजित रहँदै ३८ रन बनाउँदा क्रिस्टोफर म्याकब्रेडले ३२ रन जोडे। क्रिस ग्रियभ्स्ले १८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेदरल्यान्ड्सका बस दी लीडे एक्लैले पाँच, र्यान केलिनले दुई तथा लोगान भान वीकले एक विकेट लिए।
स्कटल्यान्डले नेदरन्यान्ड्सलाई हराएमा विश्वकपमा स्थान बनाउनेछ भने नेदरल्यान्ड्सले अन्यन्तै ठूलो अन्तरले स्कटल्यान्डलाई स्तब्ध बनाए मात्र उसले स्थान बनाउनेछ।
यसअघि प्रतियोगितामा अहिलेसम्मका सम्पूर्ण खेल जित्दै श्रीलंकाले विश्वकपमा स्थान पक्का गरिसकेको छ। दुईपटकको विश्वविजेता वेस्ट इन्डिजले भने यसपटक विश्वकप खेल्ने सपना तुहिएको छ।
असार २१, २०८० बिहीबार १६:५३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।