नाबालिग बलात्कार घटनामा एक जना पक्राउ, एलओडीका दुई सञ्चालक फरार

नाबालिग बलात्कार घटनामा एक जना पक्राउ, एलओडीका दुई सञ्चालक फरार

काठमाडौँ : नाबालिगलाई क्लबमा छिराएर मदिरा पिउन दिएको आरोपमा ठमेलमा रहेको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबका दुई सञ्चालकविरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ आदेश जारी भएपछि दुवै फरार भएका छन्।

बालबालिकामाथि हिंसा गरेको आरोपमा क्लबका दुई सञ्चालक रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवाल विरुद्ध पक्राउ आदेश जारी भएपछि उनीहरू फरार भएका हुन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख सिद्धिविक्रम शाहका अनुसार १८ वर्ष उमेर नपुगेको बालबालिकालाई क्लबमा प्रवेश गराउनु बालबालिका ऐन अनुसार बालबालिकामाथि हिंसा गरेको ठहरिने भएकाले कम्पनीको प्रबन्ध पत्रमा सञ्चालक उल्लेख भएका दुई जनालाई समेत अनुसन्धानको दायरामा ल्याइएको हो। अभियोग पुष्टि भएमा दुबैजनामाथि एक वर्ष कैद ५० हजार जरिवाना हुनसक्छ।

एक किशोरी फेसबुकमा चिनजान भएको साथी मार्फत जेठ ३० गते क्लबमा प्रवेश गरेकी थिइन्। त्यहाँ ५० वर्षका सुदनबहादुर कोइरालासँग भेट भयो। उनले साथी ललितपुरमा रहेको भन्दै बालकुमारीमा रहेको कार्यालयमा लगेर बलात्कार गरेको आरोप छ। कोइराला पक्राउ परिसकेका छन्।

'बालकुमारीमा रहेको कार्यालयमा लगेर बलात्कार गरेको देखिन्छ। घटनाको दिन किशोरी कराएको अनि दिदीलाई फोन गरेर घटनाबारे भनेपछि प्रहरी गएर घटनास्थलको मुचुल्का गरिसकेको छ। एक जना पक्राउ परेका छन्। दुई जनाको खोजी जारी छ' एसएसपी शाहले भने।

जेठ ३० गते एलओडी क्लबमा १६ वर्षीया एक नाबालिग गएकी थिइन्। त्यही क्लबमा गएका अर्का ५० वर्षका सुदनबहादुर कोइरालाले घर पूर्याइदिन्छु भनेर ललितपुरमा रहेको कार्यालयमा

बयानमा कोइरालाले किशोरी १८ वर्षमाथिको दाबी गरेका थिए। उनको नागरिकता हेर्दा भने उनी १६ वर्षको देखिएपछि नाबालिग बलात्कारको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

असार २१, २०८० बिहीबार १६:३१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।