एसईईको परीक्षाफल सार्वजनिक, २२ हजारले ल्याए ३.६ देखि ४ जीपीए
काठमाडौं : माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक भएको छ।
बिहीबार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा पत्रकार सम्मेलन गर्दै परीक्षाफल सार्वजनिक गरिएको हो।
बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४७५ अर्थात २.९ प्रतिशत छ।
त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९, २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२ र २.४ देखि २.८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना छन्।
सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन्। उनीहरूको संख्या १ लाख २ हजार २९३ छ।
यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए।
असार २१, २०८० बिहीबार १६:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।