राष्ट्रिय अनुसन्धान विभागमा सूचक बलात्कार आरोपमा समातिए

राष्ट्रिय अनुसन्धान विभागमा सूचक बलात्कार आरोपमा समातिए

काठमाडौँ : राष्ट्रिय अनुसन्धान विभागका सूचक बलात्कार आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँले विभागमा कार्यरत दाङका दामोदर पौडेललाई पक्राउ गरेको हो। पक्राउ परेका पौडेल विभागका सूचक रहेको खुलेको छ।

सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएर पौडेलले बलात्कार गरेको जाहेरीपछि उनी पक्राउ परेका हुन्। जाहेरीमा उनले विभिन्न डर, धाक, धम्की र प्रलोभन देखाएर बलात्कार गरेको दाबी गरिएको छ।

जाहेरीमा उल्लेख भए अनुसार दुबैबिच सामाजिक सञ्जालमा चिनजान भएपछि नजिकिए। पौडेलले विवाहको आश्वासन दिए। दैनिक विवरण रेखदेख गर्दै पछि लागेर डेरा कोठामा २०७८ माघमा आएर इच्छा विपरीत करणी गरेको उल्लेख छ।

कुराकानी भइरहने तर विवाह गर्ने विषयमा आलटाल गरेको जाहेरीमा देखिन्छ।

असार २१, २०८० बिहीबार १५:५६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।