पानीपोखरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धाको मृत्यु

पानीपोखरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धाको मृत्यु

काठमाडौं : काठमाडौं महानगरपालिका–३ पानीपोखरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक वृद्धाको मृत्यु भएको छ।

बा ५ ख ३१९३ नम्बरको बसले बा ८२ प १२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार चुनदेवी गणेशबस्ती घर भएकी ६० वर्षीया रचना गौचनको बुधबार दिउँसो मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगञ्ज हुँदै ग्राण्डी अस्पताल टोखामा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै सवारी साधनको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

असार २१, २०८० बिहीबार १४:२१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।