एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित

एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं : एमालेका सांसदहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आज (बिहीबार) पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेका छन्। 

राष्ट्रियसभाको बैठक सुरु हुनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको अभिव्यक्तिलाई लिएर एमालेका सांसदहरुले विरोध जनाएका हुन्। 

एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए। श्रेष्ठले प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएको बताए।

 बैठक अवरुद्ध भएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले शुक्रबारसम्मका लागि बैठक स्थगित गरेका छन्।

प्रचण्डले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंहले दिल्ली गएर सहयोग गरेको बताएपछि उनको अभिव्यक्ति विवादस्पद भएको थियो।

असार २१, २०८० बिहीबार १३:४९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।