गुडिरहेको बसले तारलाई छुँदा करेन्ट लागेर सल्यानमा बाबु छोराको ज्यान गयो

गुडिरहेको बसले तारलाई छुँदा करेन्ट लागेर सल्यानमा बाबु छोराको ज्यान गयो

सल्यान : गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको यात्रुबाहक बसमा करेन्ट लाग्दा बाबु छोराको ज्यान गएको हो।

करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउँपालिकाका अन्दाजी ७० वर्षीय कालुराम डाँगी र उनका छोरा करिब ४० वर्षका टोपलाल डाँगी रहेका छन्।

रा १ ख ८३४ नम्बरको उक्त बसले बिहीबार सल्यानको राप्ती राजमार्गको चोरखोला नजिक लत्रिएको विद्युतीय तारमा छुँदा बसमा करेन्ट प्रवाह भएको थियो।

उक्त घटनामा बस धनी सल्यान छत्रेश्री गाउँपालिकाका अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएका छन्। बसमा २०/२५ जना रहेको जनाइएको छ।

असार २१, २०८० बिहीबार १२:३१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।