कारागारभित्र झुण्डिएको अवस्थामा मृत फेला

कारागारभित्र झुण्डिएको अवस्थामा मृत फेला

बाँके : नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत अवस्थामा फेला परेका छन्। 

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता बिहीबार बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए। 

गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए। 

घटनाबारे मृतकको परिवार र आफन्तलाई खबर गरिएको र आत्महत्या हो या अन्य कारणबारे प्रहरीले अनुसन्धान थालेको सीडिओ आचार्यले बताए। 

असार २१, २०८० बिहीबार ०९:४६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।