माओवादी केन्द्रका नेतालाई भाजपाको निमन्त्रणाः पार्टीको इतिहास, संघर्ष र राष्ट्र निर्माणबारे अवगत गराउने

माओवादी केन्द्रका नेतालाई भाजपाको निमन्त्रणाः पार्टीको इतिहास, संघर्ष र राष्ट्र निर्माणबारे अवगत गराउने

काठमाडौँ : नेपालको सत्तारुण दल नेकपा नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा जाने भएका छन्। ​​​​​​

सत्ताहरूढ भारतीय जनता पार्टीको निमन्त्रणामा माओवादीका नेताहरू त्यसतर्फ जान लागेका हुन्। ​​​​​​

भाजपा विदेश विभागले आयोजना गरेको एक कार्यक्रममा भाजपा अध्यक्ष जेपी नड्डाले यसबारे जानकारी दिएका हुन्।

उक्त कार्यक्रममा उनले भाजपाको निमन्त्रणमा निकट भविष्यमै  माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने बताएका थिए। 

नड्डाले विदेशी कूटनीतिज्ञहरूलाई बोलाएर पार्टीको इतिहास, संघर्ष, सफलता, विचारधारा र राष्ट्र निर्माणमा योगदानबारे अवगत गराउने बताएका थिए। 

उनले भाजपाको 'अभूतपूर्वू वृद्धि', पार्टीको सदस्यता अभियान, र प्रविधिको प्रयोगका साथै विभिन्न राज्यहरूमा यसको उपस्थिति विस्तार गर्ने रणनीतिबारे प्रश्नहरूको विस्तृत जवाफ दिने कार्यक्रम रहेको जानकारी दिएका छन्। 

असार २१, २०८० बिहीबार ०९:२७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।