विकसित मुलुकमा वैदेशिक लगानी ३७ प्रतिशतले घट्यो, कुन देशले कति भित्र्याए ?

विकसित मुलुकमा वैदेशिक लगानी ३७ प्रतिशतले घट्यो, कुन देशले कति भित्र्याए ?

संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलनले बुधबार सार्वजनिक गरेको विश्व लगानी प्रतिवेदन २०२३ अनुसार सन् २०२२ मा विकसित देशहरूमा कुल ३ सय ७८ अर्ब अमेरिकी डलरको प्रत्यक्ष विदेशी लगानी भएको छ। 

भारतमा भने ४९ अर्ब डलर विदेशी लगानी गएको छ। 

गत वर्ष विश्वका विकसित देशहरूमा प्रत्यक्ष वैदेशिक लगानी ३७ प्रतिशतले घटेको छ भने भारतमा १० प्रतिशत बढी विदेशी लगानी गएको छ। यस अवधिमा २०२१ मा एसियाली विकासोन्मुख देशहरूमा ६६२ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी भएको देखिएको छ। यो संख्या विश्वव्यापी रूपमा प्राप्त कुल एफडीआईको आधा हो।

गत वर्ष करिब ८० प्रतिशत एफडीआई प्राप्त गर्ने शीर्ष पाँच देशहरूमा भारत, चीन, सिंगापुर, हङकङ र संयुक्त अरब इमिरेट्स पर्छन्। चीनमा एफडीआई ५ प्रतिशतले बढेर १८९ अर्ब डलर पुगेको छ। तर, हङकङमा यो १६ प्रतिशतले घटेर ११८ अर्ब डलर पुगेको छ।

प्रतिवेदनका अनुसार भारत तीव्र विकासको बाटोमा अघि बढेकाले लगानी बढिरहेको छ। भारत सरकारले पूर्वाधारमा लगानी बढाएको छ। धेरै क्षेत्रमा द्रुत सुधार भइरहेको छ।

कुल विश्वव्यापी एफडीआईमा भने १२ प्रतिशत गिरावट 

प्रतिवेदनका अनुसार गत वर्ष विश्वव्यापी एफडीआई १२ प्रतिशतले घटेर १.३ लाख करोड डलर पुगेको छ। युक्रेन युद्ध, बढ्दो खाद्यान्न र ऊर्जाको मूल्य र बढ्दो सार्वजनिक ऋणका कारण विश्वव्यापी एफडीआई घटेको जनाइएको छ।

सिंगापुरले सबैभन्दा बढी १४१ अर्ब डलर विदेशी लगानी भित्र्याउन सफल भएको छ। जुन सन् २०२१ को तुलनामा ८ प्रतिशत बढी हो। भियतनाममा प्रत्यक्ष वैदेशिक लगानी ३९ प्रतिशतले बढेर १७ अर्ब डलरको अहिलेसम्मकै उच्च पुगेको छ।

नवीकरणीय ऊर्जामा कम लगानी

उक्त प्रतिवेदनले विकासोन्मुख देशहरूले सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू (एसडीजी) हासिल गर्न वार्षिक लगानी घाटाको सामना गरिरहेको देखाएको छ। लक्ष्य हासिल गर्न आवश्यक पर्ने लगानीको मात्रा कम हुन थालेको छ । यो लगानी घाटा अहिले बढेर ४ लाख करोड डर पुगेको छ, जुन २०१५ मा २.५ लाख करोड डलर थियो।

विकासोन्मुख देशहरूलाई नवीकरणीय ऊर्जा क्षेत्रमा प्रत्येक वर्ष लगभग १.७ लाख करोड डलर लगानी चाहिन्छ, जबकि उनीहरूले २०२२ मा ५४४ अरब डलर मात्र प्राप्त गरेका छन्। 

असार २१, २०८० बिहीबार ०८:१९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।