श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग अध्यक्ष नेपालको भेट

श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग अध्यक्ष नेपालको भेट

काठमाडौं : श्रीलंका भ्रमणमा रहेका एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुधबार त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरेका छन्।

श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंघेसँग भएको भेटवार्तामा दुई देशबारे छलफल भएको नेपालकाे सचिवालयले जनाएकाे छ। राष्ट्रपति निवासमा अध्यक्ष नेपालले ४५ मिनेट कुराकानी भयाे।

यस्तै, अध्यक्ष नेपालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गरे।

प्रधानमन्त्री निवासमा करिब १ घण्टा पाँच मिनेट लामो शिष्टाचार भेटमा दुई देशको भाइचारा सम्बन्ध, एसियाका मुलुकहरूमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।

शिष्टाचार भेटमा नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेको बताउँदै दुवै देशले एकअर्कालाई आवश्यक सरसहयोग गर्न सकिने विषयमा पनि छलफल भयाे।

अध्यक्ष नेपाल श्रीलंकन कम्युनिष्ट पार्टीको ८०औं स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एसियाका कम्युनिष्ट पार्टीहरूको बैठकमा सहभागी हुन सोमबार श्रीलंका गएका हुन्।

असार २०, २०८० बुधबार २०:५३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।