आधा घण्टाको लागि स्थगित बैठक शुक्रबार सर्‍यो

आधा घण्टाको लागि स्थगित बैठक शुक्रबार सर्‍यो

काठमाडौं : आधा घण्टाको लागि स्थगित प्रतिनिधि सभा बैठक सूचना टाँसेर शुक्रबारसम्म स्थगित भएको छ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख देवराज घिमिरले सभाको अर्को बैठक असार २२ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी गराएका छन्।

मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले पटक–पटक दिल्ली धाएको बताएका थिए।

प्रधानमन्त्रीको सोही अभिव्यक्तिपछि प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गरेको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले आधा घण्टाको लागि भन्दै संसद् बैठक स्थगित गरेका थिए।

असार २०, २०८० बुधबार १९:४६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।