भाषण गर्दा सहभागीले ‘भयो भयो’ भनेर हल्ला गरेपछि रिसाए उपप्रधानमन्त्री श्रेष्ठ, पढाए अनुशासनको पाठ

भाषण गर्दा सहभागीले ‘भयो भयो’ भनेर हल्ला गरेपछि रिसाए उपप्रधानमन्त्री श्रेष्ठ, पढाए अनुशासनको पाठ

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ बुधबार चितवनको एभरेष्ट क्लबद्वारा आयोजित छैठौं संस्करणको चितवन च्याम्पियसनसिपको फाइनल खेलको उद्घाटनका लागि पुगे।

त्यहाँ पुगेका उनले खेल र खेलाडीको विषयमा लामो भाषण गर्न थाले। खेल हेर्न आएका समर्थकले उनले भाषण रुचाएनन् ‘भयो भयो’ भनेर हल्ला गर्न थाले। त्यसपछि गृहमन्त्री श्रेष्ठले हल्ला गर्ने समूहप्रति हेरेर केहीबेर मौन बसे अनि सोधे, ‘भयो?’

त्यहाँ आएका समर्थकहरूले एकै स्वरमा भने– ‘भयो।’ त्यसपछि रिसाए गृहमन्त्री श्रेष्ठ अनि गर्न थाले अनुशासनको भाषण। उनले राष्ट्रिय पहिचान, राष्ट्रिय एकता र अनुशासनविना खेल क्षेत्रको विकास सम्भव नभएको बताए।

श्रेष्ठले भने, ‘अनुशासनहीनता र खेल मेल खाँदैन। अनुशासन खेल क्षेत्रको मेरुदण्ड हो, अनुशासनविना खेल क्षेत्रको उन्नयन हुन सक्दैन।’

उनले यति भन्दै गर्दा उनको अनुहारमा रिस देखिएको थियो।

असार २०, २०८० बुधबार १८:१९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।