लुम्बिनी प्रदेशसभाको जेनेरेटरमा आगलागी
काठमाडौं : लुम्बिनी प्रदेशसभामा भएको जेनेरेटरमा आगलागी भएको छ।
बुधबार दिउँसो १ बजेर ५० मिनेटतिर जेनेरेटरमा आगलागी भएपछि प्रदेशसभा बैठक स्थगित गरिएको थियो।
एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरी बोलिरहेको समयमा सभाको बत्ती गएको थियो।
चौधरीले बोलिसकेपछि सभामुख तुलाराम घर्तीले जेनेरेटरमा आगलागी भएकाले १० मिनेट बैठक स्थगित भएको जानकारी गराएका थिए।
दोस्रो अधिवेशनको १७औं बैठकमा अहिले भने सुचारू भएको छ।
असार २०, २०८० बुधबार १८:०५:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।