दोहोरो नागरिकता बनाएको कसूरमा कञ्चनपुरबाट दुई जना पक्राउ

दोहोरो नागरिकता बनाएको कसूरमा कञ्चनपुरबाट दुई जना पक्राउ

कञ्चनपुर : दोहोरो नागरिकता बनाएको कसूरमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

सोमबार बैतडी पंचेश्चर गाउँपालिका–५ बस्ने ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्दलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते दोहोरो नागरिकता सम्बन्धि कसूरमा उनीहरू उपर जाहेरी दर्ता भएपछि अनुसन्धानको सिलसिलामा उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरू उपर जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप भई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।

असार २०, २०८० बुधबार १७:२८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।