प्रचण्डलाई एमालेले भन्यो- तपाईं प्रधानमन्त्रीकाे पदमा बस्नु उपयुक्त हुन्न, राजीनामा गर्नुस्

प्रचण्डलाई एमालेले भन्यो- तपाईं प्रधानमन्त्रीकाे पदमा बस्नु उपयुक्त हुन्न, राजीनामा गर्नुस्

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिले देशको शिर निहुरिएको टिप्पणी गरेको छ।

असार १८ गतेको कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली धाएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले सांसद रघुजी पन्तले आज नेपालीको स्वाभिमानमा ठेस लागेको बताए।

उनले प्रश्न गर्दै भने, ‘नेपालको प्रधानमन्त्री बन्नको लागि नेपाली जनतातर्फ फर्किने कि दिल्लीतिर जाने हो? नेपालको प्रधानमन्त्री बन्न दिल्लीतिर जानुपर्ने? प्रधानमन्त्रीको अभिव्यक्तिले देशको स्वाभिमान गुम्यो।’

उनले प्रधानमन्त्रीकाे राजीनामा समेत माग गर्न भ्याए।

उनले अघि भने, ‘नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस्।’

उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सदनमा स्पष्ट जवाफ नआएसम्म सदन चल्न नसक्ने बताए।

असार २०, २०८० बुधबार १६:२४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।