खाना खाएर सुतेकी श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

खाना खाएर सुतेकी श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

सप्तरी : आफ्नै श्रीमतीको ३२ वर्षीया किरण कुमारी चौधरीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सम्भुनाथ नगरपालिका–५ मोहनपुर बस्ने ईनरदेव चौधरी रहेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

खाना खाएर सुतेकी किरण कुमारी बेहोस अवस्थामा फेला परेको र तत्काल उपचारको लागि कठौनास्थित कृष्ण अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबरपछि प्रहरीले गरेको अनुसन्धानमा श्रीमान् ईनरदेवको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असार २०, २०८० बुधबार १४:२१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।