चट्याङ लागेर खेतमा काम गर्न जान लागेका किशोरको मृत्यु, अन्य दुई जना घाइते

चट्याङ लागेर खेतमा काम गर्न जान लागेका किशोरको मृत्यु, अन्य दुई जना घाइते

झापा : गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा गौरीगञ्ज-६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए।

घटनामा भारतको फूलाबारी घर भई हाल सोही वडामा बस्दै आएका २० वर्षीय शिकन्दर आलाम र १६ वर्षीय मनिजुर आलाम घाइते भएका छन्।

उनीहरूलाई उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल पठाइएको प्रवक्ता रिजालले जानकारी दिए। 

असार २०, २०८० बुधबार १३:४४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।