रिब्दिकोट गाउँपालिकाले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार भत्ता दिने

रिब्दिकोट गाउँपालिकाले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार भत्ता दिने

पाल्पाः  रिब्दिकोट गाउँपालिकाले गाउँमा बसेर काम गर्ने जनशक्ति अभाव हुन थालेपछि नयाँ कार्यक्रम ल्याएको छ।

गाउँपालिका-१ को कार्यालयले दुईभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई पाँच हजार रुपैयाँ भत्ता दिने कार्यक्रम ल्याएको हो।

आगामी आर्थिक वर्ष २०८०/८१ देखि लागू हुने गरी वडामा दुई सन्तानभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई बच्चाको जन्मदर्ता गर्न वडा कार्यालयमा आउँदा पाँच हजार रुपैयाँ प्रोत्साहनस्वरुप भत्ता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।

'गाउँमा बस्ने युवा जनशक्ति विदेश पलायन हुँदा गाउँ नै रित्तिने अवस्थामा छ भने  खेतीयोग्य जमिन बाझिदै गएका छन्', उनले भने, 'गाउँमा बसेर केही उद्यम, व्यवसाय गर्ने, आयस्रोत लिने तथा गाउँ बस्तीविहीन अवस्थामा नपुगोस् भनेर प्रोत्साहनस्वरुप भत्ता दिने नीति ल्याएका छौँ।' 

'गाउँमा जनसंख्या घट्दै गएर काम गर्ने जनशक्तिको अभाव हुन थालेको छ। अधिकांश बजेट कृषि क्षेत्रका लागि विनियोजन भएका छन्। कृषिमा काम गर्ने जनशक्तिको कमी हुँदा कार्यान्वयन पक्ष फितलो देखिएको छ। खेतबारी बाझिएका छन्। गाउँमा जनसंख्या सन्तुलित बनाउँदै काम गर्ने जनशक्तिलाई गाउँमै टिकाइ राख्नका लागि ‘दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार भत्ता’को नीति ल्याइएको हो', वडा कार्यालयले उल्लेख गरेको छ।

यस वडामा विसं २०७८ को जनसंख्या अनुसार छ सय १५ घरधुरी रहेको छ भने करिब दुई हजार जनसंख्या बसोबास गर्छन्

असार २०, २०८० बुधबार १३:३८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।