एमाले संसदीय दलको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति मुख्य एजेण्डा

एमाले संसदीय दलको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति मुख्य एजेण्डा

काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को संसदीय दलको बैठक बस्दैछ। 

आज (बुधबार) दिउँसो साढे १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्नेछ।

आज बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिको विषय उठाउने एमालेका एक सांसदले बताए। 

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले भारतमा दौडधुप गरेको अभिव्यक्ति दिएका थिए। 

गत असार १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रम प्रधानमन्त्री प्रचण्डले उक्त अभिव्यक्ति दिएका थिए। प्रचण्डको उक्त अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको छ। उसले सार्वभौमिकताविरुद्ध भएको ठहर गरेको छ।

असार २०, २०८० बुधबार ११:५५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।