आजको मौसमः मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

आजको मौसमः मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँः मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने बताइएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली भई कोशी, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

असार २०, २०८० बुधबार ०८:०९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।