रक गायक रोविन आफ्नै घरमा मृत भेटिए

रक गायक रोविन आफ्नै घरमा मृत भेटिए

काठमाडौँ : नेपाली रक ब्यान्ड  ‘रोविन एन्ड दि रेभोल्युसन’ का संस्थापक गायक ,सङ्गीतकार एवम् ,अभिनेता रोबिन तामाङको निधन भएको छ। उनको मङ्गलवार बेलुका निधन भएको हो।  उनी बुढानीलकण्ठको घरमा मृत अवस्थामा फेला परेका थिए।

गायक रोविनका भाइ सन्तोष तामाङले उनको बुढानीलकण्ठस्थित घरमा निधन भएको पुष्टि गरे। निधन हुनुको कारण भने खुलेको छैन।

उनले नेपाली चलचित्र ‘छड्के’, ‘नाका’, ‘वन वे’ ,’मुखौटा’,’मेरो पैसा खोइ’ जस्ता चलचित्रमा अभिनय गरेका थिए।  हिन्दी सिरिज ‘दिदी लास्ट आवर’ मा समेत सशक्त अभिनय गरेका  कलाकार रोबिन तामाङको जन्म सन् १९६३ मा सिङ्गापुरमा भएको थियो ।

सन् १९९६ मा, नेपाल फर्केर आफ्नो बुबाको गृहस्थान पोखरा बस्दै आएका उनी  रक ब्यान्ड 'लुजा'मा सामेल भएका थिए।

उनले 'लुजा'सँग विभिन्न स्थानमा कार्यक्रम समेत गर्नेक्रममा  सन् २००५ मा यो ब्यान्ड विघटन भएपछि उनले साथीहरू सँग मिलेर  २००६ मा रक ब्यान्ड  ‘रोविन एन्ड दि रेभोल्युसन’को स्थापना गरेका थिए।

असार २०, २०८० बुधबार ००:१२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।