राष्ट्रपतिको उपचार खर्च ५५ लाख, ब्यहोर्न चाहे तर ब्यहोरेनन्

राष्ट्रपतिको उपचार खर्च ५५ लाख, ब्यहोर्न चाहे तर ब्यहोरेनन्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रूपैयाँ लागेको छ।

परराष्ट्र मन्त्रालयले उक्त रकम भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ। राष्ट्रपति पौडेलाई २०८० वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट भारत लगिएको थियो।

भारतबाट वैशाख १७ मा फर्किदा राष्ट्रपतिसहितको टोली नेपाल वायु सेवा निगमको नियमित उडानबाट आएको थियो। चार्टर विमान र नियमित उडानका भाडाबापत ५५ लाख २ हजार २७९ रूपैयाँ भुक्तानीका लागि परराष्ट्रले सोमबार अर्थलाई पत्राचार गरेको छ।

यसैबीच मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ।

भारतमा उपचारका क्रममा लागेको खर्च भने सरकारबाट नलिने चाहना राष्ट्रपतिले व्यक्त गरेका थिए। राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा पौडेलले यस्तो इच्छा राखेको उल्लेख थियो।

असार १९, २०८० मंगलबार १९:३१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।