रेखा थापाको नयाँ फिल्म नाम जुर्यो, पूजा शर्मासँग सहकार्य गर्दै
काठमाडौं : कोरोनाको महामारीको समयमा फिल्म निर्माण गर्ने भन्दै तातिएकी अभिनेत्री तथा निर्मात्री रेखा थापाले बल्ल फिल्मको काम थालेकी छन्।
उनले मंगलबार चलचित्र विकास बोर्डमा फिल्मको नाम ‘उपहार’ दर्ता गरेकी हुन्। लभस्टोरी र सोसल ड्रामालाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन्।
निर्देशक देउजाले उकेराकर्मीसँगको कुराकानीमा चार हप्ता भित्रमा फिल्म छायांकनमा जाने बताए।
‘मौसम कस्तो हुन्छ हेरौँ, मौसम राम्रै भए दुई हप्तापछि छायांकनमा निस्कन्छौँ होला,’ निर्देशक देउजाले भने, ‘नत्र चार हप्ता लाग्नसक्छ।’
उनका अनुसार रेखा फिल्म्स् र कपनगढी ब्यानरमा फिल्म निर्माण हुन लागेको हो। अहिले बोर्डमा कलाकारको नाम रेखा थापा, पूजा शर्मा र सुलभ प्रतीक देउजा राखिएको छ।
फिल्मका अन्य कलाकारहरू समेत छनोट भइसकेको बताए। फिल्मको शीर्ष भूमिकामा रेखा र पूजा छन्।
डेढ करोड लागतमा निर्माण हुने फिल्मको पटकथा अभिमन्यू निरवीले लेखेका हुन्। फिल्ममा शंकर अधिकारी घायलको शब्द बाबुल गिरीले संगीत रहने निर्माण पक्षले जानकारी दिएको छ।
गीतमा संगीतकार बाबुल गिरी आफैले गाउने छन् भने उनलाई गायनमा एलिना चौहानले साथ दिने छिन्।
असार १९, २०८० मंगलबार १९:१९:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।