करमा कडाइ गर्दै महानगर, डिजिटल भुक्तानी प्रणालीमा पहुँच दिन सिनेमा हललाई निर्देशन
काठमाडौं : काठमाडौं महानगरपालिकाले महागरभित्रका १७ वटा फिल्म हल र काठमाडौं फन पार्कको डिजिटल भुक्तानीको पहुँच महानगरको राजश्व विभागमा दिन निर्देशन दिएको छ।
मंगलबार पत्र काट्दै महानगरले डिजिटल भुक्तानी भएका संस्थालाई तीन दिनभित्र र डिजिटल भुक्तानीको प्रणाली नभएकाले ३० दिनभित्र त्यस्तो प्रणाली बनाएर महानगरलाई पहुँच दिन निर्देशन दिएको हो।
महानगरले हललाई काटेको पत्रमा भनिएको छ, ‘मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गर्नुभएको भए सो प्रणालीमा ३ (तीन) दिन भित्र र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए यो पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणाली सञ्चालनमा ल्याई उक्त प्रणालीमा काठमाडौं महानगरपालिका राजस्व विभागलाई पहुँच गराउनु हुन जानकारीसहित निर्देशानुसार अनुरोध छ।’
फिल्मको टिकटमा १३ प्रतिशत भ्याटका अलावा ५ प्रतिशत मनोरञ्जन कर लाग्दै आएको छ। जसमा उक्त कर पारदर्शिता कायम गर्न आग्रह गरिएको छ।
असार १९, २०८० मंगलबार १८:५६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।