बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गर्ने सरकारको निर्णय

बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गर्ने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

मन्त्री शर्माले मन्त्रिपरिषद्ले गरेको अन्य निर्णयहरू बुधबार सञ्चार मन्त्रालयमा सार्वजनिक गर्ने बताइन्।

असार १९, २०८० मंगलबार १८:४२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।