सरकार ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ अभियानमा छ : उपप्रधानमन्त्री श्रेष्ठ

सरकार ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ अभियानमा छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली समाजमा सरसफाइकर्मीलाई हेर्ने दृष्टिकोण गलत रहेको बताइएका छन्।

गृह मन्त्रालयले आयोजना गरेको आधारभूत सरसफाइ तथा स्वच्छतासम्बन्धी दशदिने तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै सरसफाइ गर्ने व्यक्ति कहिल्यै सानो नहुने बताए।

उनले भने, ‘सरसफाइ गर्ने मानिस साना हुन्छन् या सानाले मात्रै सरसफाइको काम गर्नुपर्छ भन्ने हुँदैन, यो गलत सोच हो। यसलाई परिवर्तन गर्नुपर्छ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ अभियानलाई सरकारको नीति तथा कार्यक्रममा समेटी सरसफाइसम्बन्धी नीति निर्माण गरेको बताए।

प्रधानमन्त्रीले अघि सारेको ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ अभियानअन्तर्गत सरकारका विभिन्न निकायले यससम्बन्धी निर्देशिका निर्माण गरिरहेका समेत उनको भनाइ छ।

असार १९, २०८० मंगलबार १८:३६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।