बिग मार्टको वार्षिकोत्सवमा स्मार्ट क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट

बिग मार्टको वार्षिकोत्सवमा स्मार्ट क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट

काठमाडौं : विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बिग मार्टको १४औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ।

छुट अफरअन्तर्गत ग्राहकहरूले कुनै पनि सामान खरिद गरि स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १५० रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्नेछन्। यो योजना असार १६, २०८० देखि साउन १५, २०८० सम्म रहने छ भने छुट अवधिभर हरेक ग्राहकले ५०० रुपैयाँसम्म छुट लिन सक्नेछन्।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथावित्तिय संस्थाका ग्राहकहरूले बिग मार्टको सम्पूर्ण शाखामा क्युआर स्क्यानगरि भुक्तानी छुट प्राप्तगर्न सक्नेछन्।

अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआई सी एशियामो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, एभरेस्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइक्यास, पेवेल, यानक्याश साथै विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सक्नेछन्।

असार १९, २०८० मंगलबार १५:१९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।