डेरीको कोठाभित्र १६ वर्षीया किशोरी बलात्कृत, दुई जना पक्राउ

डेरीको कोठाभित्र १६ वर्षीया किशोरी बलात्कृत, दुई जना पक्राउ

काठमाडौं : कञ्चनपुरमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमर बहादुर खत्री रहेका छन्। उनीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

ती दुई युवकले किशोरीलाई सोही नगरपालिका–५ हेल्थपोष्ट प्रकृति शुद्द डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो।

असार १९, २०८० मंगलबार १४:२८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।