गोरखामा धन्सार भत्किंदा एक महिलाको मृत्यु, तीन जना घाइते

गोरखामा धन्सार भत्किंदा एक महिलाको मृत्यु, तीन जना घाइते

गोरखा : गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर मंगलबार एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। 

गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार धन्सार भत्किएर पुरिंदा उनको घटनास्थलमै ज्यान गएको हो।

उक्त घटनामा परी मृतक मीनाका श्रीमान ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम र छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन्।

रामकृष्णको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। अन्य दुईजनाको अवस्था भने सामान्य छ। 

असार १९, २०८० मंगलबार १३:३५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।