संसदीय समितिको सभापति चयन गर्न तीन दलका शीर्ष नेताहरु सहमत

संसदीय समितिको सभापति चयन गर्न तीन दलका शीर्ष नेताहरु सहमत

काठमाडौं : प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरू संसदीय समितिको सभापति चयन गर्न सहमत भएका छन्।

मंगलबार सभामुख देवराज घिमिरेसँगसिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको प्रमुख तीन दलको बैठकमा संसदीय समितिका सभापति छिटै चयन गर्ने सहमति भएको बताइएको छ। 

कानूनमन्त्री धनराज गुरुङका अनुसार लामो समयदेखि समितिको सभापति चयन हुन नसकेकोमा अब भने छिटै चयन गर्ने पूर्ण रूपमा सहमति भएको हो।

दलहरुबीच सहमति नहुँदा प्रतिनिधिसभाको संसदीय समितिको सभापति चयन नहुँदा हाल समितिका बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको छ।

असार १९, २०८० मंगलबार १३:२५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।