पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा : वर्षासँगै आएको बाढी र पहिरोका कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ। शैल्यशिखर नगरपालिका–६ पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गतको गोकुलेश्वर–खलङ्गा सडक क्षेत्र बन्द भएको हो।

सोमबार रातिदेखि सुरु भएको वर्षासँगै ठाउँ–ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ। खलङ्गाबाट महेन्द्रनगर–काठमाडौंका लागि छुटेका बस सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका छन्।

महेन्द्रनगर, धनगढीबाट खलङ्गाका लागि छुटेका रात्रि बससमेत बाटोमै रोकिएका कारण यात्रु समस्यामा परेका छन्। पहिरो सफा गर्न बिहानैदेखि डिभिजन सडक बैतडी पाटनको लोडरले प्रयास गरिरहेको भए पनि लगातार परिरहेको वर्षाका कारण अवरुद्ध लोकमार्ग खुलाउन समस्या भएको सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए।

असार १९, २०८० मंगलबार ११:२३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।