साफ च्याम्पियनसिप फाइनल : ८ पटकको च्याम्पियन भारत र आमन्त्रित कुवेत भिड्दै

साफ च्याम्पियनसिप फाइनल : ८ पटकको च्याम्पियन भारत र आमन्त्रित कुवेत भिड्दै

काठमाडौँ : साफ च्याम्पियनसिप २०२३ अन्तर्गत आज फाइनल खेल हुँदै छ। 

भारत र कुवेतबीच बेंग्लोरको श्री कान्तिरवा स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे खेल हुँदै छ।

भारत यो संस्करणको सर्वाधिक उपाधि जित्ने राष्ट्र हो भने कुवेतले यसै पटक आमन्त्रित सदस्यका रूपमा साफमा सहभागिता जनाएको हो। 

भारतले अहिलेसम्म ८ पटक साफ च्याम्पियन जितेको छ। पहिलो पटक भारतले सन् १९९३ पाकिस्तानमा आयोजना भएको पहिलो प्रतियोगिता नै जितेको थियो। त्यसयता भातरले १९९७, १९९९, २००५, २००९, २०२१, २०१५, २०२१ मा यो प्रतियोगिता जितेको छ। 

कुवेत भने पहिलो पटक साफ च्याम्पियन खेल्दै छ। 

असार १९, २०८० मंगलबार ०८:४३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।