आजको मौसमः कोशी र गण्डकीमा भारी वर्षा हुने, बाढी पहिरोबाट बच्न आग्रह

आजको मौसमः कोशी र गण्डकीमा भारी वर्षा हुने, बाढी पहिरोबाट बच्न आग्रह

काठमाडौँः देशका केही स्थानहरूमा मंगलबार बिहानैदेखि वर्षा भइरहेको छ। 

कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा आज मेघ-गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा आज हावाहुरीको समेत सम्भावना  रहेको जनाइएको छ। 

सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू पनि प्रभावित हुन सक्ने भएकाले पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

आज कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने जनाइएको छ। 

असार १९, २०८० मंगलबार ०८:१९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।