कांग्रेसका थापालाई काेशीको मुख्यमन्त्री बनाउने केन्द्रीय सत्ता गठबन्धनको निर्णय

कांग्रेसका थापालाई काेशीको मुख्यमन्त्री बनाउने केन्द्रीय सत्ता गठबन्धनको निर्णय

काठमाडौं : सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिने निर्णय गरेको छ।

सोमबार बालुवाटारमा बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णैय गरेको एकीकृत समाजवादीका कार्यवाहन अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

उनले भने, ‘अहिले गठबन्धनभित्र सबैभन्दा ठूलो संख्या कांग्रेसको छ। त्यसैले, कांग्रेसलाई मुख्यमन्त्री दिनेगरी बाँकी सीट संख्या पनि उहाँहरुलाई नै पुर्याउने जिम्मेवारी दिएका छौं।’

गत पुस २४ गते मुख्यमन्त्री बनेको एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश सभा बैठकमा शुक्रबार विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको लागि आह्वान भएको छ।

कोशी प्रदेशमा ९३ सदस्य रहेका छन्। बहुमत पुर्याउन ४७ सीट चाहिन्छ। राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्न सक्ने अवस्था छैन।

एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद छन्। नेपाली कांग्रेसको २९, माओवादीको सभामुखबाहेक १२ सीट, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग पनि ४६ नै सीट छ।

असार १८, २०८० सोमबार १९:३३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।