नेदरल्यान्ड्सविरुद्ध ओमानको बलिङ : ३६ रन एक्स्ट्रा, पायो ३६३ रनको लक्ष्य

नेदरल्यान्ड्सविरुद्ध ओमानको बलिङ : ३६ रन एक्स्ट्रा, पायो ३६३ रनको लक्ष्य

काठमाडौं : एकदिवसीय विश्वकप छनोट अन्तर्गत सोमबार भएको सुपर सिक्सको खेलमा नेदरल्यान्ड्सले ओमानलाई ३६३ रनको विशाल लक्ष्य दिएको छ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेदरल्यान्ड्सले निर्धारित ४८ ओभरमा ७ विकेट गुमाएर ३६२ रन बनाएको थियो।

उसका लागि विक्रमजित सिंहले ११० रनको शतकीय पारी खेल्दा वीसली बेरसीले ९७ रनको अर्धशतकीय पारी खेले।

यस्तै, बस दी लीडेले ३९, म्याक्स ओडाउडले ३५, सकीब जुल्फीकारले ३३ रनको पारी खेल्दा अन्य खेलाडीले दोहोरो अकमा रन जोड्न सकेनन्।

त्यसैगरी ओमानले ३६ रन एक्स्ट्रा दिए। २३ वटा वाइड फालेका ओमानका बलरले १३ रन लेग बाइमा दिए। ओमानका बिलाल खानले तीन, मोहम्मद नदीमले दुई तथा आयान खान र फयाज बटले समान एक–एक विकेट लिए।

ओमानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।

असार १८, २०८० सोमबार १८:२६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।