मूलपानीमा रहेको क्रिकेट मैदानको नाम बदलेकोमा स्थानीय असन्तुष्ट स्थानीयले गरे तालाबन्दी
काठमाडौँ : मूलपानीमा रहेको क्रिकेट मैदानको नाम बदल्ने निर्णयको विरोध गर्दै स्थानीयले रङ्गशालाको मूल गेटमा ताला लगाएका छन्।
नेपाल क्रिकेट सङ्घ (क्यान)को असार १५ गते बसेको बैठकले मूलपानी मैदानको नाम सङ्घका पूर्व अध्यक्ष स्वर्गीय जयकुमार नाथ शाहको नाममा राख्ने निर्णय गरेको थियो।
स्थानीयले क्यानको निर्णयको विरोध गर्दै सोमबार मैदानको मूल गेटमा ताला लगाएका हुन्। उनीहरूले निर्णय फिर्ताको माग गरेका छन्।
असार १८, २०८० सोमबार १७:२५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।