लीलामणिको प्रष्टिकरण : मेरो सीप र क्षमताका सीमा थिए होलान् तर इमानमा चुकेको छैन

लीलामणिको प्रष्टिकरण : मेरो सीप र क्षमताका सीमा थिए होलान् तर इमानमा चुकेको छैन

काठमाडौं : पूर्वमुख्यसचिव लीलामणि पौड्यालले ललिता निवास जग्गा प्रकरणमा आफू संलग्न नभएको दाबी गरेका छन्।

सोमबार विज्ञप्ति निकालेर पूर्वमुख्यसचिव पौड्यालले मुख्यसचिव हुनुअघि नै मन्त्रिपरिषदमा दर्ता भइसकेको प्रस्ताव मन्त्रिपरिषद्ले गरेको निर्णयलाई विषयगत मन्त्रालयमा पठाउनु आफ्नो कानूनी दायित्व भएको बताएका हुन्।

आफूले कानूननले निर्दिष्ट गरेका दायित्वबाहेक यस विषयमा आफ्नो कुनै संलग्नता नरहेको दोहोर्याएका छन्। निर्णय गर्नु र माथिल्लो निकायको निर्णय प्रेसित गर्नुमा ठूलो अन्तर हुने भन्दै उनले आफूले कसैलाई निर्देशन नदिएको बताएका हुन्।

पौड्यालले नक्कली टिकिन्छा गुठीको नाममा ललिता निवासको चार रोपनी जग्गा कायम गर्न लिखित निर्देशन दिएको पत्रसहितको समाचार आइतबार उकेराले प्रकाशित गरेको थियो।

आफूभन्दा अघिनै प्रस्तावउपर मन्त्रिपरिषद्ले विज्ञलाई आमन्त्रण गरी वृहद छलफलपछि सिफारिस गर्न सम्बन्धित समितिमा पठाउँदासमेत त्रुटी पत्ता नलाग्नु अनुसन्धान विषय भएको उनको भनाइ छ।

उनले आफ्नो स्वभावजन्य कमी भए पनि इमानमा नचुकेको दाबी गर्दै उनले तथ्यमा रहेर आलोचना गर्नसमेत आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘मेरो स्वभावजन्य कमी थिए होलान् वा ज्ञान, सीप र क्षमताका सीमा थिए होलान् तर इमानमा चुक्नुहुँदैन भन्ने आदर्शको पालना मेरो अनिष्ठ रह्यो।’

असार १८, २०८० सोमबार १६:०६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।