विपिन कार्कीले अभिनय गर्ने भनिएको ‘एनिमल’को रिलिज डेट सर्यो
काठमाडौं : अभिनेता विपिन कार्कीले अभिनय गर्ने भनेर चर्चा चलेको बलिउड फिल्म ‘एनिमल’को प्रदर्शन मिति सरेको छ।
यसअघि ११ अगस्टमा रिलिज गर्ने भनिएको फिल्म अर्को दुई फिल्मसँग जुध्ने भएपछि पछि हटेको हो।
रणबीर कपूर र रश्मीका मन्दनाको मुख्य भूमिका रहेको फिल्म सनी देओलको ‘गदर २’ र अक्षय कुमारको ‘ओएमजी २’ सँग जुध्न लागेको थियो।
फिल्म ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ‘एनिमल’ अब १ डिसेम्बरमा रिलिज हुनेछ। सन्दीप रेड्डी वंगाको निर्देशनमा बन्न लाथेको फिल्ममा रणबीर र रश्मीको अलावा बबी देओल, अनिल कपूर तृप्ति डिमरीको मुख्य भूमिका छ।
ग्याङस्टार परिवारको कहानीमा अनिल कपूर पिता र रणबीर कपूर उनको छोराको भूमिकामा छ। फिल्म हिन्दी, तमिल, कन्नड, मलयालममा रिलिज गरिनेछ।
अभिनेता कार्कीले फिल्म खेल्नका लागि अडिसन दिएका थिए र पक्कापक्की भइसकेको भनेर प्रचार गरिएको थियो। त्यसबेला कार्कीले बलिउडको फिल्मको सेड्युल मिलाउन भन्दै यताका फिल्महरूसमेत लिएका थिएनन्।
असार १८, २०८० सोमबार १४:५३:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।