काठमाडौं महानगरपालिकाले ललिता निवास र त्यसले चर्चेका जग्गामा भवन निर्माणको स्वीकृति नदिने
काठमाडौं : काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा र त्यसले चर्चेका जग्गामा भवन निर्माणको स्वीकृति नदिने भएको छ।
सोमबार सार्वजनिक सूचना निकालेर महानगरले ललिता निवास र त्यसले चर्चेका जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने जानकारी गराएको हो।
कारणसमेत नखुलाइ महानगरले भवन निर्माणको स्वीकृति नदिने, निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नगर्ने र उक्त क्षेत्रमा कुनै पनि जग्गामा भवन निर्माण भइरहेको भए सोसमेत रोक्का राख्न निर्देशन जारी गरेको छ।
महानगरले सूचनाको उल्लंघन गरी भवन संरचना निर्माण गरेमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ बमोजिम त्यस्तो भवन संरचना भत्काइने महानगरले जनाएको छ।
यसअघि आइतबार महानगर प्रहरी बलले ललिता निवासको जग्गामा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको थियो।
असार १८, २०८० सोमबार १४:३४:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।