सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा, मलेसियासँग उपाधिका लागि खेल्ने

सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा, मलेसियासँग उपाधिका लागि खेल्ने

काठमाडौँः नेपाल एसीसी यू १६ इस्ट जोन कपको फाइनल प्रवेश गरेको छ। 

सेमिफाइनलमा नेपालले सिंगापुरलाई ९७ रनले हरायो। नेपालले जितका लागि दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ३१.३ ओभरमा ८७ रन बनाएर अलआउट भयो। 

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो।

नेपालको जितमा ओपनर निरजकुमार यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रनको योगदान दिए। 

कोइराला र यादवले पहिलो विकेटका लागि ११.३ ओभरमा ६३ रनको साझेदारी गरेका थिए।

नेपालका लागि कार्तिक कामतले २.३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए। सन्तोष यादवले ७ ओभरमा ३ मेडनसहित ५ रन खर्चेर १ विकेट लिए। नरेन भट्टले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर १ विकेट लिए। त्यस्तै अशोक धामीले ७ ओभरमा २ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए। कार्तिक अभिषेक तिवारी र प्रतिक पोखरेलले पनि समान एक/एक विकेट लिए। 

अर्को सेमिफाइनलमा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको छ। समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो।

असार १८, २०८० सोमबार १२:३८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।