अन्नको भण्डार मधेशमा मध्य असार सकिँदा पनि ९० प्रतिशत खेत बाँझै

अन्नको भण्डार मधेशमा मध्य असार सकिँदा पनि ९० प्रतिशत खेत बाँझै

काठमाडौँः अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन। 
    
असारको तेस्रो सात्ता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब ९.५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको छ।

समयमा वर्षा नहुदाँ यो प्रदेशको ९०.४८ प्रतिशत खेतमा अझै रोपाइँ हुन नसकेको मधेश प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिझ धनुषाका निमित्त कमलदेव कुशवाहाले जानकारी दिए। 

अहिलेसम्म मधेश प्रदेशमा सबैभन्दा बढी सप्तरी र सिरहामा १५-१५ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको निमित्त निर्देशक कुशवाहाले बताए।

लामो समयदेखि वर्षा नहुँदा वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएरै भए पनि किसानले धान रोपिरहेका छन्। 

उनका अनुसार सर्लाहीमा १२ प्रतिशत, बारामा १० प्रतिशत, पर्सामा ६ प्रतिशत र धनुषा र बारामा ६०-६० प्रतिशत, रौतटहमा ५० प्रतिशत, महोत्तरीमा ४५ प्रतिशत मात्र रोपाइँ हुन सकेको छ।

असार १८, २०८० सोमबार ११:११:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।