आज दोस्रो जनआन्दोलनका सूत्राधार गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती

आज दोस्रो जनआन्दोलनका सूत्राधार गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती

काठमाडौँः नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ।

१९८१ असार १८ गते जन्मिएका कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो।

जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका छन्। 

पूर्वसभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए।

मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर उनले काम गरेका थिए। 

कोइरालाकै अगुवाइमा २०६२/६३ सालको दोस्रो जनआन्दोलन सफल भएको थियो। कोइरालालाई शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाका सूत्रधार मानिन्छन्। 

असार १८, २०८० सोमबार ०८:३७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।